Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी चारआली कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७८/११/९

जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. खम्बा सिं कार्की (सदस्य नं. १३७४७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल माघ १७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने निजका श्रीमती खिनमाया कार्कीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल फागुन ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारआली कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *