बेरोजगारी समस्या न्यूनीकरण गर्न अर्जुनधारामा तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु
Published: (Updated: )
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ मा तीन महिने आधारभूत सिलाई कटाई तालिम आजबाट सुरु भएको छ ।
नारी कल्याण समाज झापा र अर्जुनधारा नगरपालिका वडा नं. ५ को संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो ।
गरीब तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको नारी कल्याण समाजका केन्द्रीय सचिव प्रेमा भट्टराईले बताइन ।
नारी कल्याण समाजका केन्द्रीय अध्यक्ष कमला उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्यले तालिमको उद्घाटन गर्दै सीपको विकास गर्नसके कसैले पनि गरिबीको महसुस गर्नु नपर्ने बताइन् ।
समाजका कार्यक्रम अधिकृत बाबुराम पौड्यालले स्वागत गरेको तालिम उद्घाटन कार्यक्रममा ५ नं. वडाका अध्यक्ष ध्यानबहादुर भारती, परिषद सदस्यहरु खड्गप्रसाद चौहान, देवीकुमारी घिमिरे, पुष्पा पौड्यालले आफ्ना धारणा राखेका थिए ।
बेरोजगारीको कारणले विभिन्न घटना दूर्घटनाहरु निम्त्याएको पछिल्लो समयलाई सबैले सकारात्मक रुपमा यस्ता कार्यहरुलाई सहयोग गर्न सके बेरोजगारी समस्या न्यूनीकरण हुने वक्ताहरुको धारणा थियो ।
कार्यक्रमको सचिव सञ्चालन प्रेमा भट्टराइले गरेकी थिइन् ।
Comments