नगर प्रमुखलाई कारबाही माग गर्दै महोत्तरीका निजामती कर्मचारी आन्दोलित
Published:
by .जनकपुरधाम । महोत्तरी जिल्लाका निजामित कर्मचारीहरु आन्दोलित भएका छन्। महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लेखा अधिकृत पवनकुमार अधिकारीमाथि हातपात गरेको विरोधमा निजामती कर्मचारीहरू आन्दोलित भएका हुन्।
जिल्लाभरिको सरकारी कार्यालयमा खटिएका कर्मचारीले प्रमुख साहमाथि कामकाज मुद्दा दर्ता तथा कारबाही प्रक्रिया अघि नबढेसम्म कामकाज ठप्प पार्ने निर्णय गरेको गरेको छ।
निजामती कर्मचारीहरूको आधिकारी ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा असोज १२ गतेदेखि असोज १४ गते सम्म ३ दिन आर्थिक प्रशासनसम्बन्धी कामकाज ठप्प पार्ने जनाइएको छ। विज्ञप्तिमा नगर प्रमुखलाई कारबाहीको प्रक्रिया अगाडि नबढाइए असोज १५ गते सोमबार जिल्लाभरिका सम्पूर्ण कार्यालयहरु बन्द गर्ने चेतावनीसमेत दिइएको छ।
साथै युनियनको जिल्लाकार्य समितिले प्रचलित ऐन, नियम र कानुन भएको अवस्थामा समेत जननिर्वाचित नगर प्रमुखले कर्मचारीमाथि अश्लील शब्दहरू प्रयोग गरी अभद्र व्यवहार गर्दै हातपात गरिनु मानव अधिकारको उल्लंघन भएको बताएको छ। यस्तो छ घटना महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख र सञ्जीव साहले बुधबार नगरपालिका कार्यालयमै लेखापाल पवन अधिकारीलाई झापड हानेका थिए।
कार्यालयको समयमै हरहिसाबको विषयमा समान्य विवाद हुँदा साहले आफ्नो कार्यकक्षमै झापड हानेको पीडित लेखापाल अधिकारीले दुःखेसो छ। यता, प्रमुख साहले लेखापाल अधिकारीसँग गत आर्थिक वर्ष ०७४/७५ को हरहिसाब माग गर्दा उल्टै धम्काएपछि एक झापड हिर्काएको स्वीकार गरे।
उनले भने, ‘पटक-पटक हरहिसाब मागेँ, दिन मानेनन्, गत श्रावण ११ गते मैले लिखित रुपमै माग गरेँ तर कुनै वास्ता गरेनन्।‘ उनले थपे, ‘बुधबार एक्कासि लेखापालले तपाईलाई जे गर्नुछ गर्नुस्, म हिँसाब दिन्न भनेपछि मैले आवेशमा एक झापड हिर्काएँ।’
Comments