Sajhamanch Archive

अनिश्चितकालीन आमहड्तालका कारण धनगढी ठप्प, जनजीवन प्रभावित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कैलाली । जनभावना विपरित प्रदेश राजधानी घोषणा गरिएको भन्दै कैलालीको धनगढीमा गरिएको अनिश्चितकालीन आमहड्तालले जनजीवन प्रभावित भएको छ ।

नागरिक समाज संघर्ष समिति धनगढीले बन माफिया र भूमाफियालाई फाइदा पुग्ने गरी सुदूरपश्चिमको राजधानी गोदावरीको जंगलमा राखिएको भन्दै आजदेखि धनगढीमा आमहड्तालको घोषणा गरेको हो ।

आमहड्तालका कारण धनगढीको जनजीवन ठप्प भएको छ । बिहानदेखि धनगढी बजार सुनसान बनेको छ भने उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था र यातायात बन्द भएका छन् ।

आमहड्ता कारण शिक्षक सेवा आयोगको परीक्षा दिन पहाडी जिल्लाबाट आएका परीक्षार्थी बढी प्रभावित भएका छन् ।

संघर्ष समितिले राजधानीका लागि धनगढीमा धेरै खर्च भइसकेकाले गोदावरी सार्न नहुने बताउँदै आएको छ ।

प्रदेश सभाले दुई तिहाई बहुमतका आधारमा गरेको निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग संघर्ष समितिले गरेको छ ।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि समितिले दिएको छ ।

यसअघि हिजो बसेको प्रदेशसभा बैठकले प्रतिपक्षी दलको बहिस्कारका बाबजुद दुई तिहाई बहुमतका आधारमा प्रदेश नं. ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी बनाउने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *