Sajhamanch Archive

कमल गाउँपालिकामा जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन

Published: in खेलकुद by .

कमल । झापाको कमल गाउँपालिका ४ स्थित जागरण वाल क्लवको आयोजनामा जिल्ला स्तरिय महिला तथा पुरुष भलिवल प्रतियोगिता २०७५ सुरु भएको छ ।

दुई दिनसम्म सन्चालन हुने प्रतियोगिता कमल गाउँपालिका ३ स्थित लालिमा आवाशिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको हो । प्रतियोगितामा झापा जिल्ला भरिका संस्थागत विद्यायलका महिला तर्फ १० टिम सहभागी छन् भने पुरुषतर्फ २४ गरी जम्मा ३४ टिम सहभागी रहेको आयोजक वाल क्लवका सचिव सुमन मगरले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन क्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याप्सन प्रदेश नम्बर १ का अध्यक्ष नारायण घिमिरेले खेल जिवनबाट पनि अवका दिनमा राम्रो आम्दानी गर्न सकिने भएकाले सबै सहभागी खेलाडीलाई बधाई दिए ।

त्यसैगरी विषेश अतिथि प्याप्सन झापा सचिव गौरीमान फागोले १ सय २३ वर्ष अगाडी २ जनाबाट सुरु भएको भलिबल खेल सन १९२८ सालबाट ६ जनाले खेल्न थालिए सँगै यसलाई विश्वव्यापी रुपमा खेल्न थालियो बताए । नेपालमा भने सन १९६९ बाट सुरु गरिएपनि अझै यो खेलपछि परेको छ उनले भने । विश्वव्यापि रुपमा लोकप्रिय बन्दै गएको यस्ता प्रतियोगिताले देशलाई अन्तराष्ट्रियसम्म चिनाउन सकिने बताए ।

अन्य खेलकुदको तुलनामा भलिवल खेल कमै मात्र सञ्चालन भएको पाइएकाले स्थानिय स्तरमा भलिबल खेलाडी उत्पादन गर्न पनि प्रतियोतिाको आयोजना गरिएको जागरण बालक्लबका अध्यक्ष नविन वस्नेतले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *