भद्रपुरमा ज्येष्ठ नगारिक,उत्कृष्ट बुहारी तथा ज्वाइँ सम्मानित
Published:
by .भद्रपुर । २८ औं विश्व जेष्ठ नागरिक दिवस तथा २५ औं अल्जाइमर दिवसको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष भवानीप्रसाद दाहालको अध्यक्षता तथा प्रदेश नम्बर १ का जेष्ठ संसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा उत्कृष्ट जेष्ठ नागरिक सम्मान, उत्कृष्ट बुहारी तथा ज्वाई सम्मान गरिएको हो ।
उत्कृष्ट अग्रज व्यक्तित्व सम्मान १०७ वर्षीया नन्दकुमारी अधिकारी, ८५ वर्षीया धनमाया पराजुलीलाई सम्मान गरिएको कार्यक्रममा असल बुहारी सम्मानबाट नन्दकुमारीकी बुहारी दमक ८ की सावित्रा अधिकारी र असल ज्वाइ सम्मानबाट धनमायाका ज्वाइ तुलाराम बास्तोलालाई सम्मान गरिएको थियो भने वरिष्ठ जेष्ठ नागरिक सम्मानबाट ९९ वर्षीय नारायणप्रसाद खनाल र ९० वर्षीया विममाया राई सम्मान गरिएको थियो ।
१०७ वर्षीया नन्दकुमारी अधिकारी र ९९ वर्षीय नारायणप्रसाद खनाललाई आजीवन भत्ता स्वरुप अंगतबहादुर थापाले एक हजार तथा महावीर अग्रवालले ५ सय रुपैया दिने घोषणा समेत गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल लगायत अग्रज जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
Comments