Sajhamanch Archive

नगरबासीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न नगरप्रमुख बुढाथोकी प्रतिवद्ध

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरबासीलाई खानेपानीको अभाव हुन नदिन छुट्टै नीति तर्जुमा गरी अघि बढ्ने बताएका छन् । आज सोमबार पाथीभरा खानेपानी तथा सरसफाई उपभोक्ता समूह मेचीनगर– ११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

‘विकास भनेको मानवीय चेतनामा सकारात्मक परिवर्तन हुनु हो, विकास भनेको पीच बनाउनु मात्र होइन’ नगरप्रमुख बुढाथोकीले भनेका छन्– ‘विकास भनेको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य नै हो । मानिसमा चेतना वृद्वि भए विकास आफैं हुनेछ । सडक, पूल लगायतका विकास भनेको दोस्रो कुरा हो ।’

पानी स्वास्थ्यसँग जोडिएको विषय भएकोले निरोगी बन्न स्वास्थ पानी पीउन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष मधुसुदन निरौला, चिलिमगडी खानेपानी संस्थाका सहसचिव राजेन्द्र अधिकारी लगायतले आ–आफ्ना व्यक्त गरेका थिए । पाथीभरा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष लालबहादुर चौहानले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०७२ सालमा स्थापना भएको सो समूहमा १६५ वटा धारा व्यक्तिको नाममा र ७ वटा धारा सार्वजनिक रुपमा रहेको संस्थाले जनाएको छ । कार्यक्रममा स्वागत संस्थाका सल्लाहकार संयोजक ललितबहादुर विष्ट र सञ्चालन सचिव शान्तिराम चिमरियाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *