Sajhamanch Archive

बकर इदको दिन असार २६ गते आइतबार सार्वजनिक बिदा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको दिन नेपाल सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज बुधबार सूचना प्रकाशन गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (ईद उल अजहा)को अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको जनाएको छ ।

उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनी मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *