Sajhamanch Archive

दुई साता लामो अमेरिका भ्रमण पछि प्रधानमन्त्री ओली स्वदेश फर्किए

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो अमेरिकी भ्रमणबाट आज अपरान्ह स्वदेश फर्किएका छन् । विश्वका १२१ वटा देशका सरकार प्रमुखहरुले भाग लिएको संयुक्त राष्टक संघको महासभामा सहभागी भएर ओली स्वदेश फर्किएका हुन् ।

महासभामा सहभागी हुन अमेरिकामा रहँदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्ला एक्ला भेटमा प्रधानमन्त्री ओलीले नेपाललाई विकासशिल राष्टकमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तर्राष्टिकय समुदायलाई सहयोगको आह्वान गरेको बताएका छन् ।

अमेरिका भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीका तर्फबाट जारी प्रेस नोटमा अल्पविकसित, भूपरिवेष्ठित तथा साना मुलुकहरुले सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डतालाई अक्षुण राख्दै अन्तर्राष्टिकय सहयोग जुटाउनसमेत महासभा उपयोगी मञ्च भएको उल्लेख छ ।

महासभामा अति कम विकसित तथा भूपरिवेष्ठित राष्टकका समस्याहरुप्रति विश्वको ध्यान आकर्षण गराउँदै यस्ता देशहरुलाई थप सहयोग आवश्यक रहेको कुरा महासभामा आफूले उठाएको प्रधानमन्त्री ओलीको प्रेस नोटमा उल्लेख छ ।

महासभामा अमेरिकी राष्टकपति डोनाल्ड टकम्प, संयुक्त राष्टकसंघका महासचिव एन्टोनियो गुटेर, बेलायतका प्रधानमन्त्री, कम्बोडियाका प्रधानमन्त्री, क्यानडाका प्रधानमन्त्रीलगायतका नेताहरुसँग भेटेर नेपालको राजनीति र सामाजिक पक्षका विविध विषयहरुमा स्पष्ट पारेको ओलीले जनाए ।

नेपालको कुटनीतिक दायरलाई थप फराकिलो बनाउँदै जाने नीति अनुरुप मडागास्करसँग नेपालको कुटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमासमेत हस्ताक्षर भएको जनाइएको छ ।

प्रेस नोटमा प्रधानमन्त्री ओलीले भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवद्र्धनमा सफल रहेको उल्लेख छ ।

पत्रकारहरुले राखेको जिज्ञासको जवाफ दिंदै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी भित्र कुनै विवाद नरहेको दावी गरेका छन् । पूर्वप्रधानमन्त्री माधव नेपालको पछिल्लो भनाईलाई इंगित गर्दै ओलीले ‘उहाँसँगको सम्बन्धमा कुनै समस्या नभएको र अलि भावुक भएर उहाँले पुरानो गीतको सम्झना गर्नुभयो होला तर यो खास ठूलो विषय होइन’ भनी आश्वस्ता पार्न खोजे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *