Sajhamanch Archive

एसईईको परीक्षाफल निकाल्न किन ढिला ?

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by .

भक्तपुर । असार मसान्तभित्रै माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा निकाल्ने तयारी गरेपनि यो वर्ष परीक्षा नियन्त्रण कार्यलयले सफलता प्राप्त गरेन । माध्यामिक शिक्षा परीक्षा (एसईई)का अनुसार अब साउन पहिलो हप्तामात्र परीक्षाफल सार्वजनिक हुने भएको छ ।

सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयको तर्क छ ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने ‘असार मसान्तभित्र गर्ने भनेर तयारी थालेका थियौं । तर, उत्तरपुस्तिका संकलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुनेभयो । सम्भवतः साउन पहिलो हप्ताभित्र सार्वजनिक गर्छौं ।’

देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका असार २१ गतेमात्र एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *