Sajhamanch Archive

आदर्श नमूना वनद्वारा ११५ ज्येष्ठ नागरिक सम्मानित

Published: in राष्ट्रिय समाचार by .

बुधबारे । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति ३ ले ११५ जना ज्येष्ठ नागरिकहरुलाई सोमबार सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर आयोजना गरिएको सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता परिवारका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष तिलनारायण (तिलक) रिजालको अध्यक्षतामा उनले नै ज्येष्ठ नागरिकको सम्माको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा इलाका वन कार्यालयका अधिकृत दिनेश यादवले ज्येष्ठ नागरिकको सम्मानका लागि संस्थालाई धन्यवाद दिँदै सामाजिक एवम् उत्कृष्ट कार्य गरेको बताए ।

संस्थाका उपाध्यक्ष खगेन्द्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रप्रसाद अधिकारी, पूर्व अध्यक्ष यानु न्यौपाने, सामुदायिक वन बुद्धशान्ति महासंघका अध्यक्ष खिमप्रसाद आङ्वो, सम्मानित व्यक्तित्वहरु मध्येबाट कूलप्रसाद न्यौपाने, लक्ष्मीमाया पाण्डेलगायतले बोलेका थिए ।

सामुदायिक वनका सचिव मिना अधिकारी र सहसचिव पर्शुराम चेम्जोङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *