अदालतमा एक हजार ३०० कर्मचारी थपिँदै
Published:
by .काठमाडौं । मागेको २५ वर्षपछि न्यायापालिकामा ठूलो संख्यामा जनशक्ति थपिने भएको छ।
सरकारले सर्वोच्चसहित तीन तहका अदालतमा तीन चरणमा एक हजार ३०० भन्दा बढी जनशक्ति आपूर्ति गर्नेछ। मन्त्रिपरिषदअन्तर्गत उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको प्रशासनिक समितिले एक हजार ३३९ जना कर्मचारी आपूर्तिका टुंगो लगाएपछि न्यायापालिकामा केही वर्ष जनशक्ति अभाव पूरा हुने आशा बढेको ।
समितिले पहिलो चरणमा आर्थिक वर्ष २०७५/७६ का लागि सर्वोच्च र उच्च अदालतमा ४२४ कर्मचारी दरबन्दी प्रस्ताव गरेको छ। दोस्रो चरणमा आर्थिक वर्ष २०७६/७७ मा पहाडी जिल्ला अदालतका लागि करिब साढे पाँच सय र तेस्रो चरणमा आर्थिक वर्ष २०७७/७८ मा हिमाली जिल्ला अदालत तथा न्यायाधीकरणका लाग बाँकी जनशक्ति आपूर्ति हुनेछ।
अन्नपूर्ण पोष्टबाट ।
Comments