कमल गाउँपालिकामा भोट माग्दै अस्मिता
Published: (Updated: )
by .कमल । कमल नगर जेसीजले मंगलबार एक कार्यक्रमका बीच बडा दशैं, शुभदिपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जेसीजले शुभकामना आदान प्रदानका क्रममा नेपाल आईडल सिजन टु मा सहभागी अस्मिता अधिकारीलाई विजय गराउन एसएमएस मार्फत भोट दिन सबै समक्ष अनुरोध गरेको छ ।
कमल नगर जेसीजका वर्ष २०१८ का अध्यक्ष केदार कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले शुभकामना दिदै कमल नगर जेसीजले समाजमा गरेको कामको प्रशंसा गरिन् । उनले कमल गाउँपालिका वडा नम्वर ७ निवासी नेपाल आईडल सिजन टु मा सहभागी अस्मिता अधिकारीलाई जिताउन गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।
कार्यक्रमका नेपाल आईडल सिजन टु का प्रतिश्पर्धी अस्मिता अधिकारीले सबै गाउँपालिका बासीलाई आफुलाई भोटिङ्ग मार्फत जिताउन अनुरोध गर्दै आफ्नो प्रस्तुती गरेकी थिईन् ।
त्यसैगरी प्याप्सन झापाका सचिव गौरीमान फागोले नेपाल आईडल सिजन टु को टप ९ मा पुग्न सफल अस्मिता अधिकारी कमल गाउँपालिकाको सान भएकोले टिभी हेरैकै भरमा भोटिङ्ग गरेको भन्दै आज आफ्नै अगाडी उनको प्रस्तुति देख्न र सुन्न पाउँदा आफु दंङ्ग परेको बताए । उनले अश्मितालाई सबैले भोटिङ्ग मार्फत जिताउन सबै कमल गाउँपालिका बासीलाई अनुरोध गर्दै प्याप्सन झापा मार्फत समेत सहयोग गर्ने बताए । कार्यक्रममा विहानी कला केन्द्र दमकका सञ्चालक हेमन्त रिजालले अस्मितामा गायन सम्बन्धि राम्रो क्षमता भएकोले आईडियलको टप वानमा पुग्न बधाई तथा शुभकामना दिए । कार्यक्रममा कमल नगर जेसीजका संस्थापक अध्यक्ष रुपनारायण न्यौपाने, केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र गुरुङ्ग वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल लगायतको उपस्थिति रहेको ।
Comments