क्षेत्रीय कारागार झुम्कामा एक कैदीको मृत्यु
Published: (Updated: )
by .सुनसरी । सुन्सरीको झुम्कामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरीको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए। उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Comments