यो हो पहिलो प्रदुषणरहित र तीव्र गतिको हाइड्रोजन ट्रेन
Published: (Updated: )
by .जलवायु परिवर्तनको बढ्दो खतराका बीच एउटा राम्रो खबर आएको छ । एउटा यस्तो ट्रेन लन्च भएको छ, जसले कयौँ किलोमिटरको यात्रा त तय गर्नेछ तर त्यसबाट कुनै पनि प्रकारको प्रदुषण भने हुदैन ।
जलवायु परिवर्तनका लागि कार्बन ग्यासको उत्सर्जन सबैभन्दा ठुलो कारण हो । ट्रेनले अधिक मात्रामा कार्बन ग्यासको उत्सर्जन गर्नुका साथै वातावरणलाई पनि प्रदुषित बनाउने गर्दछ । तर अब यस्तो समस्याबाट बच्नका लागि जर्मनीले हाइडेजन ट्रेनको परीक्षण गरेको छ ।
यो हाइड्रोजन ट्रेनलाई प्रदुषणरहित र वातावरण मैत्री ट्रेन भनिएको छ । यसमा लिथियम–आयन ब्याट्री हुने, जसको प्रयोग मोबाइल फोन र कयौँ घरेलु उत्पादनमा समेत हुने बताइएको छ । अस्टोम कम्पनीको यो ट्रेनको कोराडिया इलिटको उत्तरी जर्मनीमा व्यवसायिक सुरुवात गरिएको छ । पहिलोपटक यो ट्रेनलाई ६२ माइल (करिब १०० किमी) लामो ट्रयाकमा कुदाइएको थियो ।
यो ट्रेनमा हाइड्रोजन फ्यूल सेलले हाइड्रोजन र अक्सिजनको मिक्सिङ इलेक्ट्रिसिटीलाई जेनेरेट गर्ने गर्दछ । यो इलेक्ट्रिसिटी ट्रेनमा लगाइएको लिथियम आयनले ब्याट्री चार्ज गर्दछ र यसको सहायताबाट ट्रेन अपरेट हुने गर्दछ । आगामी दिनमा यो ट्रेनले एकपटक हाइड्रोजन भरेपछि १ हजार किलोमिटरको दुरी तय गर्नै बताइएको छ । अब छ्ट्टिै नै १४ वटा ट्रेन लन्च गर्ने सम्भावना रहेको र जर्मनीका अलावा फ्रान्स, ब्रिटेन र कयौँ युरोपिपयन देशहरुमा पनि हाइड्रोजन ट्रेन चलाउने योजना रहेको बताइएको छ ।
यो ट्रेनको हालको अधिकतम गति १४० किलोमिटर प्रतिघण्टा रहेको छ । एउटा ट्रेनको मूल्य ७ मिलियन डलर अर्थात् करिब ८२ करोड रुपैयाँ रहेको छ । कम्पनीका अनुसार भविष्यमा धेरै संख्यामा यो ट्रेनको प्रयोग बढेसँगै कास्टिङमा कमी आउनेछ ।
Comments