कानुन नहुँदा प्रदेशसभा सदस्यहरु तनावमा
Published:
by .काठमाडौं । केन्द्र सरकारले संविधानबमोजिम ऐनहरु प्रदेश सरकारमा नपठाउँदा आफूहरु निकै मारमा परेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेको छ ।
ऐनहरु प्रदेशमा नजाँदा कर्मचारी समायोजन, व्यवस्थापन, शान्ति सुरक्षा कायम लगायतका कामकारबाही द्रुत रुपमा अघि बढ्न सकेका छैनन् ।
प्रदेश नम्बर ३ का सांसद रत्न ढकालले संघीय सरकारले यथाशीघ्र ऐनहरु नपठाएको गुनासो गर्दै नेपाल भने, ‘हामी कामविहीन भएका छौं । संविधानको अनुसूचीबमोजिम ऐनहरु नपठाए चुप लागेर बस्दैनौ । ऐन नबन्दा केन्द्रकै मुख ताक्नुपरेको छ ।’
नेपाल समाचार पत्रबाट ।
Comments