आजदेखि मलेसिया जाने नेपाली कामदारले कुनैपनि शुल्न तिर्न नपर्ने !
Published:
by .आजदेखि वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारले कुनैपनि शुल्क तिर्नु नपर्ने भएको छ । नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी हस्ताक्षर भएसँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउने भएका हुन् ।
नेपालका श्रममन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै अब भिसा प्रक्रियामासमेत कुनै पनि शुल्क नलाग्ने भएको छ भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च पनि रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको छ ।
यसैगरी मलेसिया गएका कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएमा सो श्रमिकले १५ दिन बिदासमेत पाउने भएका छन् । यस्तै अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
Comments