मेल मिलाप सम्बन्धि आधारभूत तालिम शुरु
Published:
by .मेचीनगर । सामुदायिक मेल मिलाप सम्बन्धि आधारभूत तालिम मेचीनगरमा शुरु भएको छ । मेचीनगर नगरपालिकाको आयोजना र प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा तालिम शुरु भएको हो ।
प्रत्येक स्थानीय तहको वडामा मेल मिलाप केन्द्र गठन गर्नुपर्ने संविधानमा उल्लेख भए अनुसार त्यस केन्द्रमा रहने पदाधिकारीहरुलाई मेल मिलाप सम्बन्धि आधारभूत ज्ञान दिने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
नगरका १५ वटा वडाबाट सहभागी ४५ जनालाई मेचीनगर नगरपालिकाका न्यायिक समिति संयोजक तथा उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, सामुदायिक विकास अधिकृत अन्नतप्रकाश वस्ती, अधिवक्ता पदम डाँगी र प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका श्रोत व्यक्ति संगीता थापाले विभिन्न विषयमा सहभागीहरुलाई तालिम प्रदान गर्ने जनाइएको छ ।
वडा स्तरीय मेलमिलाप केन्द्रमा रहने पदाधिकारीहरु तालिम प्राप्त हुनुपर्ने व्यवस्था भए अनुसार नगरपालिकाले ८ दिने तालिम आयोजना गरेको र उनीहरुलाई सामुदायिक मेल मिलाप सम्बन्धि आधारभूत तालिम लिएको प्रमाण पत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
Comments