स्थानीय सरकारको नियमः तिहारमा रेकर्डेड गीत बजाउन नपाइने
Published: (Updated: )
by .रुपन्देही । रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् ।
तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ ।
मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए ।
देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो, उनले भने । नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ ।
देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ ।
अन्नपूर्ण पोष्टबाट ।
Comments