मधेशी सेवा समाजको अध्यक्षमा यादव
Published:
by .मेचीनगर । आगामी तीनवर्षे कार्यकालका लागि लक्षेन्द्रप्रसाद यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै मधेशी सेवा समाज मेचीनगरको तेस्रो साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
मेचीनगर—१० स्थित हनुमान मन्दिर परिसरमा भएको साधारणसभाबाट समाजको उपाध्यक्षमा मनोज पोद्दार, सचिवमा शिवशंकर साहा, सहसचिवमा प्रमोद साहा, तथा कोषाध्यमा राधा साहलाई चयन गरेको छ ।
यसैगरी, सदस्यहरुमा मुकेश ठाकुर, पुनमदेवी यादव, राजकुमार महत्तो, सविता चौधारी, राजकुमार साह, र श्रवण साहा चयन भएको नवनिर्वाचित अध्यक्ष यादवले बताए । समाजका अगुवा रविन्द्रलाल कर्णको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता गोपालप्रसाद गुप्ता, सञ्चालन शिवशंकर साहा र स्वागत प्रमोद साहाले गरेका थिए ।
यसैगरी सोहि भेलाले हनुमान मन्दिरको बाकी निर्माण कार्य पुरा गर्न रविन्द्रलाल कर्णको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रमोद साहा, सचिवमा शिवशंकर साहा, सहसचिवमा पप्पु सराफ तथा कोषाध्यक्षमा मनोज पोद्दार रहेका छन् । सदस्यहरुमा गोपालप्रसाद गुपता, विजय साहा र राजकुमार साहा रहेका छन् ।
Comments