निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण
Published:
by .मेचीनगर । २६ औँ वार्षिक साधारणसभाबाट निर्वाचत महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष काँकरभिट्टको पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
मेची बस यातायात व्यवसायी प्रालिको सभाकक्षमा निर्वाचन समितिका संयोजक इन्द्रप्रसाद खरेलले कार्यक्रमको अध्यक्षता गदैं कार्य समिति र लेखा समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सोहि अवसरमा निर्वाचित सवैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले अहिले यातायात क्षेत्र निक्कै कठिन मोडबाट गुज्रिरहेको प्रष्ट पारेका थिए । कार्यक्रमका अधिकाँश वक्ताहरुले व्यवसायीर मजदुरबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए । अहिले यातायात क्षेत्र धराशायी बनेको व्यसायीहरुले समेत हात झिके पछि यसमा निर्भर संयौ मजदुरहरुको रोजी रोटी गुम्ने अवस्थामा पुगेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा मेची बस यातायात व्यवसायी प्रालिका प्रवन्ध निर्देशक राजेन्द्र रिजाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरका अध्यक्ष खडानन्द भण्डारी, नेकपाका झापा जिल्ला सदस्य देवकुमार राई, नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य दीपक वस्नेत तथा नवनिर्वाचित सचिव दुर्गा खड्काले गरेका थिए । सहभागी सवैलाई स्वागत निर्वाचन समितिका सदस्य प्रेमप्रसाद तिम्सिनाले गरेका थिए ।
आगामी तीनवर्षे कार्यकालका लागि साधारणसभाले विष्णु गौतमको नेतृत्वमा ११ सदस्यीय कार्य समिति तथा शिवलाल प्रसाईको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सर्व सम्मत चयन गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा महोन रिजाल, सचिवमा दुर्गा खड्का, सहसचवमा वलिमान गुरुङ, तथा कोषाध्यक्षमा शान्ता घिमिरे चयन भएका छन् । यसैगरी सदस्यहरुमा मोहनकुमार प्रसाई, अम्वरबहादुर बस्नेत, नरेशकान्त सरकार, कृष्णकुमार वस्नेत चयन भएका छन् । लेखा समितिको सदस्यमा पदमकुमार भण्डारी र किस्मतकुमार श्रेष्ठ चयन भएका छन् ।
Comments