भद्रपर ६ खुल्ला दिशामुक्त
Published: (Updated: )
by .भद्रपुर । भद्रपुर नगरको पिछडिएको वडाका रूपमा रहेको ६ नम्वर वडा खुला दिसामुक्त घोषित भएको छ । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडाध्यक्ष प्रेमबहादुर बरूवाललाई स्वच्छताको प्रमाण पत्र प्रदान गर्दै खुला दिसामुक्त घोषणा गरेका हुन् ।
१ हजार ४ सय ४८ घर धुरी रहेको सो वडामा ९५ प्रतिशत बढी घरमा चर्पी निर्माण भएपछि खुला दिसामुक्त घोषणा गरिएको हो । आदिवासी तथा सिमान्तकृत बस्ती बढी भएको सो वडामा सरसफाइका लागि स्तर बृद्धि गर्न जनप्रतिनिधि, कर्मचारी सामाजिक संघ संस्था, स्थानीयले उल्लेखनीय भूमिका खेलेको भन्दै नगर प्रमुख श्रेष्ठले प्रशंसा समेत गरेका थिए ।
वडाध्यक्ष प्रेमबहादुर बरूवालको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, ७ नम्बर वडाध्यक्ष विनोदप्रसाद पोखरेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, नेकपाका अशारू राजवंशी, सरसफाई अभियानका अभियन्ता सन्ध्या हाडा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अभियान सफल पार्ने सहयोगी टोल विकास संस्थाहरू, अभियान नेपाल, वडाकार्यालयका कर्मचारी, सदस्यहरू लगायतलाई सम्मान समेत गरिएको थियो ।
Comments