Sajhamanch Archive

अब निजी क्षेत्रका श्रमिकलाई पनि पेन्सन

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडाैं । निजी क्षेत्रमा कार्यरत श्रमकहरुले समेत अवकाशपछि जीवनभर निवृतिभरण पाउने भएका छन्।

त्यसका लागि श्रमिकहरुले जागिर अवधिभर आफ्नो मासिक पारिश्रमिकबाट निश्चित रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ भने रोजगारदाता कम्पनीले निश्चित रकम कोषमा जम्मा गर्दै जानु पर्ने छ। त्यसरी रकम जम्मा गरेका श्रमिकहरुले अवकाशपछि सामाजिक सुरक्षा कोषबाट मासिक रुपमा आजीवन पेन्सन पाउनेछन्।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषमा श्रमिकहरुलाई योगदानमा आधारित पेन्सन दिने प्रबन्ध गरेको छ। योगदानकर्ता श्रमिकले अवकाशपछि पाउने गरी वृद्ध अवस्था सुरक्षा योजना अन्तरगत योगदानकर्ता जीवित रहेसम्म पेन्सन पाउने व्यवस्था गरिएको श्रम मन्त्रालयले जनाएको  छ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *