Sajhamanch Archive

कमल गाउँपालिकाका बाढीपीडितलाई निशुल्क घर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

कमल ।  सबैको रहर, प्रकोप प्रतिरोधी सुरक्षित घर परिवार भन्ने नाराका साथ  झापाको कमल गाउँपालिका २  स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार घर हस्तान्तरण गरिएको छ ।

२०७४ सालको बाढीबाट पीडित परिवारलाई एक कार्यक्रमका विच आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले रिवन काटेर घर हस्तान्तरण गरेका हुन्  । घर हस्तान्तरपछि बोल्दै मन्त्री कार्कीले बाढी  कहिले आउँछ र विपदमा लागौं भन्ने चिन्तन अब अन्त्य हुनु पर्ने बताए । उनले बाढी आउनु भन्दा पहिले नै जोखिम क्षेत्रलाई कसरी सुरक्षित गर्ने विषयमा प्रदेशमा छलफल भैरहेको  कार्की जानकारी दिए ।
कमल गाउँपालिका राजमार्गसँग जोडिएको भएपनि विकासको पर्खाइमा रहेकोले यसलाई पनि प्रदेश सरकारको ध्यान गएको उनको भनाई थियो ।

योजना विना काम गर्दा कमल, रतुवा, गेउरिया खोलामा बाढी नियन्त्रणमा गरेको खर्च खेर गएको समेत मन्त्री कार्कीले बताए ।
कार्यक्रमका कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले कमल खोलाको स्थायी रुपमा बाढी नियन्त्रण नहुँदा अझै पनि यस क्षेत्रका जनताले ढुक्क भएर बस्न सक्ने अवस्था नरहेको बताए । उनले यस बाढी प्रभावित क्षेत्रको लागि प्रदेश सरकारको सहयोगको आवश्यक रहेको जानकारी दिए ।

क्यारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोख्रेलले अवका दिनमा विपद पछि गरिने खर्चलाई कटौती गरी विपद पुर्व तयारीमा खर्च गरे बाढीका कारण क्षति हम हुने जानकारी दिए । उनले बाढीबाट विस्थापितको अवस्था देखेर आफुले घर निर्माणमा सहयोग गरेको र यसको संरक्षण गर्ने जिम्मा अब गाउँपालिकाले गर्नु पर्ने बताए ।

विस्थापितहरुको घर निर्माणमा क्यारितास नेपाल, अभियान नेपाल र कमल गाउँपालिका लगायत विभिन्न संघ सस्थाले टिनको छाना, सेन्टर बेरा भएको ३ कोठे घर र प्रत्येक घरमा छुट्टा छुट्टै शौचालयको व्यवस्था गरिएको छ । एउटा घर निर्माणमा २ लाख खर्च भएको निर्माण समितिका संयोजक प्रताप सुब्बाले जानकारी दिए । गाउँपालिकामा १२ ओटा घर निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
घर निर्माण समितिका संयोजक प्रताप सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमलाई टंक कट्टेलले सञ्चालन गरेका थिए भने वडा नम्बर २ का वडा अध्यक्ष ताराप्रसाद न्यौपानेको स्वगत मन्तव्य रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *