Sajhamanch Archive

आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैनः प्रम ओली

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रधान मन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन् ।

उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उत्पादनका नयाँ क्षेत्र पहिचान गर्ने त्यसलाई कार्यान्वयन गरेर दुई अंकको आर्थिक वृद्धि सहित समृद्धि हासिल गर्न धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीको दाबी छ । “परम्परागत ढंगले धान फलाएर, गहुँ फलाएर वा आलु फलाएर मात्र आर्थिक वृद्धि हुदैन ” प्रधानमन्त्री ओलीले भने “खनिजपदार्थको उत्खनन्, र कृषिको आधुनिकीकरण मार्फत देशलाई समृद्ध बनाउन सकिन्छ । ”

प्रधानमन्त्री ओलीले दुई तिहाइ वहुमतसहित देश निर्माण गर्ने दुरदर्शी योजना भएको सरकार भएकोले यसमा शंका नगर्न सबैलाई आग्रह गरेका थिए । “बहुमतले मात्र देशको विकास हँुदैन”प्रधानमन्त्री ओलीले भने “विगतमा पनि वहुमतका सरकार थिए तर केही भएन । अहिले देश निर्माणको ठोस योजना सहितको दुई तिहाईको सरकार भएकोले देश बन्छ । यसका लागि सबै क्षेत्रको साथ सहयोग चाहिन्छ ।”
देश निर्माणको प्रमुख आधार सुशास नभएकोले त्यसको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । लोकतन्त्र राजनीतिक हक अधिकार प्राप्तीको विषय मात्र भन्दा पनि आम जनताको जीवनमा सुखको अनुभुत गराउने माध्यम हुनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अफ्ठ्याराहरुलाई सजिलो बनाउन सरकार प्रतिवद्ध रहेको बताए । “ सरकार र निजी क्षेत्रका चाहनाहरु कहिले काँही नमिल्न सक्छन् ” प्रधानमन्त्री ओलीले भने “तर यथासक्य सरकार लचिलो भएर ऐन कानुनलाई परिमाजर्न गर्न तयार छ ।”

संघीय संसदको आगामी अधिवेशनमा आफ्ना आफ्ना क्षेत्रमा भएका ऐन कानुनका अफ्ठ्यारालाई लिपिवद्ध गरेर संसद सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गरे । “संसदको आगामी अधिवेशनमा संसोधन गर्नु पर्ने ऐन कानुनहरु कारण सहित पेश गर्नुहोस हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्ने उनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *