Sajhamanch Archive

रहेनन् पूर्वमन्त्री हिराचन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । पूर्वमन्त्री तथा राप्रपाका केन्द्रीय सल्हाकार एवं धौलागिरी क्षेत्रका लोकप्रिय नेता नरबहादुर हिराचनको निधन भएको छ।

मुस्ताङ जिल्ला मार्फा गाउँमा जन्मिएका ७८ वर्षीय नेता हिराचनको शनिबार दिउसो २ बजे पोखरामा निधन भएको उनको पारिवारीक श्रोतले बतायो। उनको पार्थिव शरीरलाई हेलिकोप्टरमार्फत् मार्फा लगी आइतबार अन्त्यष्टि गरिएको छ। पञ्चायतकालीन नेता हिराचन २०३२ सालमा पहिलोपटक राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए।

त्यसपछि उनी २०३५ सालमा पुनः राष्ट्रिय पञ्चायत सदस्य बन्न पुगे। दोश्रो कार्यकालमा उनले निर्माण तथा यातायात सहायकमन्त्रीको कार्यभार सम्हालेका थिए। उनले केही समय क्याबिनेट मन्त्रीको समेत कार्यभार समालेका थिए। क्याबिनेट मन्त्री हरिशचन्द्र महतले राजीनामा दिएका कारण उनले क्याबिनेट मन्त्रीको जिम्मेवारी पाएका थिए। उक्त जिम्मेवारीमा रहँदा उनले बाँकेको कोहलपुरस्थित महेन्द्र राजमार्गको सडक निर्माण गराएका थिए। त्यस्तै पञ्चालयतकालीन ३० वर्षीय शासनकालमा पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यमा नियुक्त भएका थिए।

उनले उत्तरी सिमाना कोरला नाकाको तिब्बतसँग मुस्ताङको व्यापारिक सम्बन्ध सुमधुर गर्नुका साथै नेपालीले चीनको तिब्बती भूमिको ३० किलोमिटर क्षेत्रभित्र निर्वाध आवतजावत गर्ने सक्ने तथा खुल्ला व्यापार गर्न सक्ने व्यवस्था मिलाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *