Sajhamanch Archive

व्याचुलर्स ग्रुपले क्यान्सर पीडितलाई सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । झापा बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी क्याम्पसमा रहेको जि. एम व्याचुलर्स ग्रुपले मेचीनगर १० निवासी क्यान्सर पीडित कालीप्रसाद राजवंशी आर्थिक सहयोग गरेको छ ।

मंगबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पिडितलाई उपचार खर्च स्वरुप ३२ हजार ३ सय ५२ रुपैयाँ सहयोग प्रदान गरेको हो ।

फोक्सो क्यान्सर पिडित राजवंशीको हाल चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । राजवंशीको उपचारमा ९ लाख बढी खर्च भई सकेको र थप थप उपचारका लागि सहयोग गरिएकोे ग्रुपका संयोजक बिश्वकिरण राजवंशीले जानकारी दिए । बिर्तामोडका मनकामना, देबी मा.वि. र एमिटी कलेजका बिद्यार्थीहरुबाट सहयोग संकलन गरिएकोे रकम आफन्त गौतम राजवंशीले हस्तान्तरण गरिएको संयोजक राजवंशीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *