Sajhamanch Archive

ठगी गर्ने पेट्रोल पम्पका सञ्चालकलाई जेल

Published: in मिडियाबाट साभार by .

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले बाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ ।

अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्त ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पम्प सञ्चालकलाई कैद सजाय तोकिएको यो पहिलो पटक हो ।

–कान्तिपुर दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *