Sajhamanch Archive

प्रतिनिधिसभा सांसद एलपी साँवा श्रम तथा रोजगार उपसमितिको संयोजकमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दमक । झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी झापाका लोकप्रिय युवा नेता एलपी सावा लिम्बु प्रतिनिधिसभाको श्रम तथा रोजगार उपसमितिको संयोजकमा सर्वसम्मत चयन हुनुभएको छ ।

झापा, शिबसताक्षी नगरपालिका वडा नं ९ दुधे निवासी सांसद सावा संघीय संसद प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समिति अन्तर्गत श्रम तथा रोजगार उपसमितिको संयोजकमा चयन हुनुभएको सांसद सावाका स्वकीय सचिव एबम् युवा नेता सिकिन पासवानले जानकारी गराएका छन् ।

संघीय संसद प्रतिनिधिसभाको उद्योग बाणिज्य र श्रम तथा रोजगार उपभोत्ता समिति अन्तगत चारवटा विषयगत उपसमिति गठन गरेको छ । चारमध्ये श्रम तथा रोजगार उपसमितिको संयोजकमा नेकपाका सांसद साँवा सर्वसम्मत चयन भएका हुन् । नवगठित उपसमितिका संयोजक सावाका अनुसार स्वदेश र वैदेशिक रोजगारीका क्षेत्रका समस्या र चुनौतिहरुको अध्ययन गरी सरकारलाई नीतिगत निर्देशन दिने छ ।

वैदेशिक रोजगारीका समस्याहरुबारे छलफल गर्ने र श्रम गन्तव्य मुलुकहरुसँगको सम्बन्धबारे उपसमितिले नीतिगत र व्यवहारिक रुपमा सरकारलाई आवश्यक सुझाव र निर्देशन दिने संयोजक सावाले बताए ।

स्वदेशभित्रै रोजगारीका क्षेत्र पहिचान गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणाको तयारीमा सरकार रहेका बेला उपसमितिले त्यसमा सहजीकरण गर्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *