नेपाललाई विश्वकै तीव्र विकास भएको देश बनाउन सकिन्छः प्रम ओली
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विश्वकै तीव्र विकास भएको देश बनाउन सकिने बताएका छन् ।
राष्ट्रिय योजना आयोगले शुक्रबार आयोजना गरेको नेपालको दीर्घकालिन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं ” प्रधानमन्त्री ओलीले भने “किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनु पर्दैन । अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।”
प्रधानमन्त्री ओलीले १५ औं पञ्चबर्षीय योजना (२०७६/०७७ –२०८०/०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए । “अघिल्ला योजनाका समिक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यबहारिक योजना बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।”
स्वदेशमा रहेका फलाम खानीको उत्खनन्,विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल,डिजेल जस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनु पर्ने मा प्रधानमन्त्ती ओलीको जोड छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता तथा शान्ति र सुरक्षामा कसैसँग सम्झौता नुहने बताए ।
Comments