सुरक्षा गार्ड आवश्यकता सम्बन्धी सूचना
Published: (Updated: )
by .सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५ झापाको
सुरक्षा गार्ड आवश्यकता सम्बन्धी सूचना
मिति २०७५/८/१९ गते
उपरोक्त सम्बन्धमा यस संस्थाले सञ्चालन गरेको सतासी डिपार्टमेन्ट स्टोर्सका लागि तपशील अनुसारका सुरक्षा गार्डको आवश्यकता परेको हुनाले इच्छुक फर्महरुलाई मिति २०७५ पौष १० गतेसम्म आवेदन गर्नुहुनका लागि सूचित गरिएको छ ।
आवश्यकताः
- दिवा समयको लागि १ जना (पुरुष)
- रात्रिकालिन समयका लागि १ जना (पुरुष)
पेश गर्नुपर्ने आवश्यक कागजातहरुः
१. फर्मको विवरणसहितको प्रोफाइल १
२. संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपी १
३. पान नम्बर प्रमाणपत्रको प्रतिलिपी १
३. आ.व. २०७४/०७५ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी १
४. संस्थाको लेटरप्याडमा मासिक लाग्ने शुल्कसहितको निवेदन १
५. कम्तीमा पाँच स्थानमा काम गरेको फर्मको फोन नम्बरसहितको विवरण र अन्य आवश्यक कागजातहरु
भवदीय
सन्तोषकुमार श्रेष्ठ
व्यवस्थापक
९८५२६७२५८७
Comments