मानबहादुरद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान तथा न्यानो कपडा वितरण
Published: (Updated: )
by .बिर्तामोड । झापा बिर्तामोडका समाजसेवी ९५ बर्षीय मानबहादुर गिरीले स्व. श्रीमती भगवती गिरीको तेस्रो पुन्य तिथिको अवसरमा विपन्न एकसय एकजना बिद्यार्थीलाई ६५ हजार रुपैयाँ वरावरको सामाग्री वितरण गरेका छन् ।
गिरीले बिर्तामोड–५ को देवी माध्यमिक बिद्यालयका कक्षा नर्सरी, एलकेजी, १, २ र ३ का विपन्न परिवारका बिद्यार्थीलाई सोमवार कपि कलम, जाडोको लागि स्वीटर, फलफूल, मिठाईसहित नगद समेत वितरण गरेका हुन् ।
गिरीले कक्षा नर्सरी र एलकेजीका ५ जना, कक्षा–१ का ७१ जना, कक्षा २ का २० जना र कक्षा ३, ४ र ५ का ५ जना बिद्यार्थीलाई सो सामाग्री वितरण गरेका हुन् । सामाग्री वितरण कार्यक्रममा नेपाल दशनामी समाज बिर्तामोड नगर सल्लाहकार शंकर गिरी, दशनामी बिर्तामोड अध्यक्ष अर्जुन गिरी, सदस्य निर्मल गिरी, लोकबहादुर पुरी, सुशिला पुरी, राजकुमार पुरी, निशा पुरी, माथुराम गिरीलगायतको उपस्थिति रहेको थियो । वितरण कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले समाजसेवी गिरीलाई धन्यावाद दिएकी थिइन् । कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प.्रअ. लीलाप्रसाद भण्डारीले गरेका थिए ।
Comments