युवा संघको टोलीद्वारा मेची पुलको अनुगमन
Published: (Updated: )
by .भद्रपुर । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले झापाको निर्माण सम्पन्न भएको मेची पुलको निरीक्षण तथा अनुगमन गरेका छन् ।
शनिवार युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीसहित केन्द्रिय सदस्य पर्वतराज भण्डारी, प्रदेश कमिटी सदस्य महेश घिमिरे ,झापा सचिवालय सदस्य राजकुमार अोली,नारायण अोली लगायतको टोलीले मेची पुलको निरिक्षण गरेको हो ।
गत हप्ता मात्रै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनिए पनि कारण बश मेची पुलको उद्घाटन भएको छैन। समय अभावको कारणले प्रधानमन्त्ती अोलीले उद्घाटन गर्न नभ्याएको यो मेची पुललार्इ युवा सघको केन्द्रिय टोलीले अनुगमन तथा निरीक्षण गरेको सचिवालय सदस्य तथा प्रचार विभाग उपप्रमुख राजकुमार अोलीले बताए।
झापाको सदरमुकामबाट बंगाल र विहार जोडने मेची पुल निर्माण सम्पन्न भएपनि स्थानिय बासीले सडकमा परेको जमिनको मुआव्जा नपाएको गुनासो गरेका बखत मेची पुलको निरीक्षण गरेका हुन् ।
Comments