Sajhamanch Archive

शिवसताक्षीको ब्याङ्डाँडामा सिरिजंगाको सालिक अनावरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षी निर्माण गरिएको किराँत भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजंगा सिं थेवेको सालिक शनिबार अनावरण गरिएको छ ।

नगरपालिकाको वडा नं. –७ स्थित ब्याङ्डाँडामा चोकमा निर्माण गरिएको सालिका एक भव्य कार्यक्रमका बीच अनावरण गरिएको हो । सिरिजंगाको ३१५ औं जन्मजयन्तीको अवसरमा शालिकको त्रिभूवन विश्वविद्यालयका उप–प्राध्यापक बालकृष्ण माबुहाङले अनावरण गरेका छन् ।

५ फिट ६ इञ्चको पूर्णकदको स्मारक रु १४ लाखको लागतमा निर्माण गरिएको सिरिजंगा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले जानकारी दिए । सालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाले १ लाख ५० हजार, विदेशमा रहेका नेपालीबाट ८ लाख र स्थानीयबासीले ११ लाख ५० हजार गरी २० लाख संकलन भएको उनले जानकारी दिए । सालिक निर्माण गरी बचत भएको रकम सालिक संरक्षण कोष स्थापना गरी राखिने भएको छ ।

स्मारक निर्माण समितिले स्मारक निर्माणमा सहयोग पुरयाँउने दाताहरुलाई समेत सम्मान गर्नुका साथै सांगीतिक कार्यक्रम समेत गरिएको थियो । पल्लो किरात लिम्बूवान याङ्वरक थुम तेल्लोकमा बुबा पारुहाङ र आमा पुद्याङ्माको खोजबाट बिसं। १७६१ साल मंसिर २९ गते सिरिजङ्गाको जन्म भएको थियो । सरकारले सिरिजंगाको तस्वीर अंकित हुलाक टिकटसमेत प्रचलनमा ल्याइसकेको छ । सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजंगा लिपि भनिन्छ । जुन किरातहरुको आफ्नो लिपि हो ।

पश्चिम सिक्किमको मार्ताम गाउँको चिप्लेटी ढुंगामा आफ्ना चेलाहरूलाई लिम्बू भाषा लिपि पढाइरहेका बखत टासोङ भिक्षुहरूले सिरिजंगालाई समातेर रुखमा बाँधेर धुनकाँणले हानेर विसं। १७९८ सालमा हत्या गरेका थिए । सिरिजंगाको सालिक झापाको कनकाई नगरपालिकाको दुर्गापुर र भद्रपुरको पृथ्वीनगरमा समेत निर्माण गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *