रुपान्तरणसहितको सकारात्मक चिन्तनको खाँचोः नगर प्रमुख राना
Published: (Updated: )
by .अर्नुनधारा । अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले नागरिकलाई हक, हित, उत्तरदायित्व र कर्तव्य बोध गराई सकारात्मक सोच र चिन्तनको खाँचो रहेको बताएका छन्।
अर्जुनधारा नगरपालिकाले आयोजना गरेको मनोशक्ति तथा सकरात्मक सोचको विकास सम्बन्धी तालिमको आज उद्घाटन गर्दै उनले भने, “ इश्या र तनाव, आर्थिक अवस्था, समुदायको वर्गीय विभाजनको घेराभन्दा माथि उठेर काम गर्नुपर्छ । ”
नगर प्रमुख रानाले सकारात्मक सोच र चिन्तन गर्न सके मात्रै म के हुँ भनेर पहिचान गराई महिला, अपाङ, बालबालिकालाई उत्प्रेरणा भर्ने शक्ति प्रदान गर्ने आवश्यक रहेको बताए । शारीरिक र मानसिक स्फुर्ती प्रदान गरी अहिले नगरलाई रुपान्तरणसहितको सकारात्मक चिन्तनको खाँचो रहेकोमा उनले जोड दिए ।
“समाजमा शान्ति, सद्भाव र तनाव व्यवस्थापन गर्न डिमलेन्ड इन्टरनेशनल टेनिङ सेन्टर काठमाण्डौंलाई मैले बुझेको छु”– उनले भने, “आम मानिसमा रुपान्तरणसहित सकारात्मक सोचको विकास गर्नेतर्फ उत्प्रेरित गरिरहेको छ ।”
डिमलेन्ड इन्टरनेशनल टेनिङ सेन्टर काठमाण्डौंको प्राविधिक सहयोगमा प्रशिक्षक विपी रेग्मी र पुरुषोत्तम कोइरालाले कार्यक्रमको संयुक्त रुपमा सहजीकरण गरिरहेको छन् । कार्यक्रम पाँच दिनसम्म नगरका विभिन्न वडामा संचालन हुने कार्यक्रम संयोजक खगेन्द्र लिङदेनले बतााए ।
Comments