शिवसताक्षीको दूधेमा विद्युत महशुल काउन्टरको उद्घाटन
Published:
by .दूधे । शिवसताक्षीको दूधे विद्युत महशुल काउन्टरको उद्घाटन गरिएको छ । शिवसताक्षीका बासिन्दालाई विद्युत महशुल बुझाउन सहजताको लागि नेपाल विद्युत प्राधिकरण दमक शाखा अन्तर्गत विद्युत महशुल काउन्टर आज सोमबार उद्घाटन गरिएको हो ।
विद्युत महशुल काउन्टर नगरको ९ र ११ नं. वडा कार्यालय सँगै जोडिएको सामुदायिक भुमिगत जलसिचाई संस्थाको भवनमा प्रतिनिधी सभा सांसद एलपी साँवा लिम्बु, प्रदेश सभा सांसाद झलसिं दलार्मी, शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्मा, उप प्रमुख भोजकुमारी नेपालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा प्रतिनिधी सभा सांसद एलपी साँवा लिम्बुले स्थानीय सरकार भएपछि राज्यको अवधारण अनुरुप नै सबै किसिमका जनताले पाउने पर्ने सेवा स्थानीय स्तरबाट पाउने जानकारी दिए । उनले क्रमिक रुपमा अन्य सेवा सुविधाका लागि पनि शाखा विस्तार गर्दै लैजाने जानकारी दिए ।
विद्युत महशुलको पहिलो बिल ज्येष्ठ नागरिक नरबहादुर दलार्मीले बुझाएका थिए । विद्युत प्राधिकरणले नगरबहादुरलाई एक थान सिफयल बल्प उपहार दिएको थियो ।
हाल सो विद्युत काउन्टरमा दुई जना कर्मचारी रहने नेपाल विद्युत प्राधिकरण दमक शाखा प्रमुख जितेन्द्र शाहाले जानकारी दिए । पहिलो चरणमा यो काउन्टरले हप्ताको तीन दिन सेवा प्रदान गरेपनि केही समय पछि मिटर वितरण देखि अन्य सेवा प्रदान गर्ने जानकारी दिए ।
दूधे विद्युत काउन्टरमा सोमबार, मंगलबार र बुधबार र शिवगञ्जमा आइतबार र विहीबार काउन्टर खुल्ला गरिने बताइएको छ । शिवगञ्जमा भने यस अघि नै विद्युत महसुल काउन्टर स्थापना गरिएको थियो ।
Comments