Sajhamanch Archive

छोराको जन्मदिन मनाउने खर्चले विपन्नको घरमा सोलार जडान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । कमल गाउँपालिकाको वडा नम्बर १ मिस्त्री बस्तीमा सोमवार साँझ झलमल्ल बत्ती बल्दा वस्तीका बासिन्दाले ताली बजाएर खुशियाली मनाए । कमल गाउँपालिका बाढीपीडित मिस्त्री बस्तीमा सोलर जडान गरी १२ परिवारले उज्यालो पाएसँगै खुसीयाली मनाएका हुन् ।

कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष केदार कटुवालले आफ्ना छोरा आगमन कटुवालको जन्म दिनमा गरिने खर्चले १२ घर-परिवारलाई सोलर बत्ती जडान गरिदिएका हुन् । अध्यक्ष कटुवालले छोराको जन्म दिनमा जडान गरिदिएका बत्तीको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरेकी थिइन् ।

बाढीबाट विस्थापित बनेका मिस्त्रि बस्तीमा हालसम्म बत्ती पुग्न सकेको छैन । आफ्ना नानीहरुको जन्मदिनमा ठुलो मात्रामा फजुल खर्च गर्नेहरुका लागी यो उदारणीय बन्न सक्ने स्थानिय समाजसेवी खगेन भण्डारले बताए । जन्म दिनमा गरीने फजुल खर्चलाई कटाएर थोरै भएपनि विपन्नहरुका लागी सहयोग गर्न सकेमा विपन्नहरुलाई राहात पुग्न सक्ने भएकोले मिस्त्री बस्तीमा सोलार जडान गरेको अध्यक्ष कटुवाल बताए ।

गत वर्ष छोराको जन्म दिनको खर्चले स्थानिय दृष्टि विहीनका लागी शौचालय निर्माण गरेको कमल गाउँपालिका वडा नम्बर १ अध्यक्ष समेत रहेका कटुवालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *