Sajhamanch Archive

काँग्रेसको महासमिति बैठकमा गाईजात्रा, महत र केसीको झण्डै हात हालाहाल

Published: in राजनीति by .

काठमाडौं । नेपाली कांग्रेसको काँठमाडौँमा जारी महासचिवमा बैठकमा गाईजात्रा भएको छ ।

सहायक महामन्त्री डा प्रकाशशरण महतले काँग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसी बोल्न खोज्दा माइक खोसिदिएपछि मंगलबारको बैठकमा बबाल भएको हो ।

महासमिति बैठकको सुरुमै नुवाकोट सभापति केसीलगायत पार्टी सभापतिहरूले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर बैठक सुरु गर्नुअघि विधान संशोधन प्रस्ताव पेश गर्नु पर्ने र मस्यौदाको प्रति सबै महासमिति सदस्यहरूलाई बाँड्न माग राखेका थिए । सदस्यहरूले मस्यौदा हातमा नलिई बैठक गर्न नहुने हल्ला गरिरहेका थिए ।

त्यसैक्रममा नुवाकोट सभापति केसीले माइक लिए । विधानको मस्यौदा सबैलाई बाँड्नुपर्ने भन्दै उनी बोल्न खोजेका थिए तर सहमहामन्त्री महतले उनलाई धकेल्दै माइक खोसेपछि विवादले उग्र रूप लियो ।

त्यसपछि विवाद झन चर्को भयो । जगदिशनरसिंह केसीका समर्थकले प्रकाशशरणको व्यहोराका विषयमा कुरा उठाएपछि महासमिति बैठक प्रभावित भयो । होहल्ला भएपछि सभापति सभापति देउवाले सम्हाल्न खोजे । तर, उनी बोल्दाबोल्दै माइक नै काटियो । त्यसपछि देउवा बैठक स्थगित भयो भन्दै हिँडे ।

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *