शिवसताक्षी नगर नेविसंघ सभापतिमा बाँस्कोटा
Published:
by .दूधे । नेपाली काँग्रेस सम्बद्ध नेपाल बिद्यार्थी (नेबि संघ) शिवसताक्षी नगरमा दिवस बाँस्कोटाको सभापत्विमा १७ समिति चयन भएका छन् । संघले शिवसताक्षीको दूधेमा सम्पन्न प्रथम अधिवेशनबाट मंगलबार नगर कार्य समिति चयन गरेको हो ।
संघको जिल्ला सदस्य राकेश ताजपुरियाको अध्यक्षतामा दुधेमा सम्पन्न अधिवेशनले दिवस बास्कोटाको सभापतित्वमा कार्य समिति गठन भएको छ । समितिको उपसभापतिमा रबिन घिमिरे लगायत १७ सदस्यीय शिबसताक्षी नगर समिति गठन भएको संघका झापा सचिव एबम् बिद्यार्थी नेता मनोज खुलाल कार्कीले जानकारी दिए ।
पार्टीका महाधिवेशन प्रतिनिधि एबम् झापा शिबसताक्षीका पुराना नेता शिबकुमार योङ्याको प्रमुख अतिथि रहेको कार्यक्रममा संघका जिल्ला सचिव एबम् शिबसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले सम्बोधन गरेका थिए । झापाली बिद्यार्थी राजनितिमा लोकप्रिय नेताको रुपमा परिचित कार्कीले संघको आगामी हुने जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
अधिवेशन उद्घाटनको अवसरमा बिद्यार्थी नेता कार्कीले नेपालको बिद्यार्थी आन्दोलनमा नेबि संघको इतिहास अत्यन्तै परानो र महत्वपूर्ण योगदान रहेको बताए । उनले शिक्षा क्षेत्रमा देखिएका अनेकौ खालका बिकृति–बिसंगती र समस्याहरुमा नेबि संघले डटेर लडेको र त्यसबाट देशभरका क्याम्पसहरुमा अध्यनरत बिद्यार्थीहरुको हित र अधिकारको पक्षमा रहेको बताए ।
सो कार्यक्रममा नेपाली काँग्रेस झापाका आमन्त्रित जिल्ला सदस्य सन्तोस कुमार मेन्याङ्बो, रतन थिङलापु, शिबसताक्षी नगर सभापति पशुराम ढुङ्गाना, पदम थापा, महिला नेत्री जयकुमार चेम्जोङ, नारायण बजगाई, संघका झापा सदस्य निरोज दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments