पूर्वमा ‘प्रथम मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु
Published:
by .
इलाम । प्रदेश नम्बर–१ अन्तर्गत्का इलाम, झापा, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि इलाममा ‘प्रथम मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु भएको छ ।
इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा १२ दिने महोत्सव सुरु भएको हो ।
महोत्सवमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका पर्यटन व्यवसायी र उद्योगीहरुको सहभागिता रहेको छ ।
५० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजना गरिएको महोत्सवमा कृषिजन्य, औद्योगिक तथा व्यावसायिक उत्पादनहरु राखिएको छ भने विभिन्न जातिका खानाका परिकार पनि राखिएको छ ।
Comments