Sajhamanch Archive

चुलाचुलीमा सष्ट्रा सम्मान तथा रचना बाचन

Published: (Updated: ) in शिक्षा by .

चुलाचुली । चुलाचुली सामुदायिक अध्ययनकेन्द्रको आयोजनामा शुक्रबार चुलाचुलीमा सष्ट्रा सम्मान तथा विशेष रचना वाचन गरिएको छ ।

चुलाचुली गाउँपालिका वडा नम्बर २ मा रहेको तिनकुने पोखरीमा “ हामी मन जोड्ने अभियानमा निरन्तर छौं” भन्ने नारा दिई आयोजना गरिएको कार्यक्रममा खगेन्द्र खुशी झापा, नारायण पौडेल मोरङ्ग, रिता पोख्रेल ईलाम, विन्दु दहाल मुख दर्शक झापा, हरी कट्टेल मोरङ्ग, डाक्टर राम प्रसाद ज्ञावली काठमाडौले रचना बाचन गरेका थिए ।

कार्यक्रममा झापा, ईलाम र मोरङ्गका तिन दर्जन भन्दा बढी साहित्यकारका बीच आयोजना गरिएको रचना वाचनले पुषको जाडोलाई निकै तताएको थियो । कार्यक्रमा बेलवारी नगरपालिकाका उपमेयर तथा रचनाकार तारा पराजुलीले विभिन्न आन्दोलनमा साहित्य कारले पुर्याएको भुमिका महत्व पुर्ण रहेको चर्चा गरेकी थिईन । उनले कुनै पनि ठाउँको सम्वृद्धिको सुचक भनेको साहित्य पनि भएकाले साहित्य विधालाई पनि सँगै लानु पर्ने बताईन् ।

कार्यक्रमा चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राई, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले लगायतले कार्यक्रमका बारेमा बोलेका थिए । कार्यक्रममा गायन तथा विभिन्न संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएकोे थियो । चुलाचुली सामुदायिक अध्ययनकेन्द्रका अध्यक्ष विवश बलिभन्द्र कोईरालाले सन्चालन गरेको कार्यक्रममा सदस्य रुद्र प्रभातल स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *