Sajhamanch Archive

चासोक तङनाममा विविध साँस्कृतिक कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । येले तङबे २०५८ विक्रम सम्बत २०७५ सालको चासोक तङनाम (न्वगी पर्व) उधौली पर्वको पावन अवसरमा आज विविध साँस्कृतिक, साङगीतिक, साहित्यिक तथा खेलकुद कार्यक्रमहरुका साथ भव्य र सव्य रुपमा सम्पन्न भएको छ ।

चासोक तङनाम २०७५ मुल आयोजक समिति चुलाचुली १ कमल हात्तीलेदाको आयोजनामा भएको कार्यक्रममा कमल र हात्तीलेदा बीच मैत्रीपूर्ण भेट्रान फुटवल खेल भएको छ । चासोकमा छेलो हान्ने खेल पनि भएको थियो ।

त्यसैगरी कार्यक्रममा कन्चन थलुङ्ग, मधु केरुङ्ग, न्युसन राई, मनिस लिम्बु का साथमा स्थानिय कलाकारहरुको सागितिक प्रस्तुति का साथै जातिय तथा मौलिक पहिरन सहित न्वगी कर्मविधी (नयाँ अन्नवाली) खाँदै उधौली पर्वको मनाइएको चासोक तङनाम २०७५ मुल आयोजक समिति अध्यक्ष तिलक वम फागोले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *