विदा कटौती भएकोमा गुरुङ राष्ट्रिय परिषद झापाद्वारा विरोध
Published: (Updated: )
by .दमक । तमु समुदायलाई सरकारले दिदै आएको विदा कटौती प्रति तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति झापाले पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरेर तमु समुदायले पाउँदै आएको बिदा सरकारले कटौतीकोप्रति बिरोध जनाएको हो । आदिमकाल देखि मनाउदै आएको तमु ल्होसार , सोनाम ल्होसार ,ग्याल्पो ल्होसार ,माघी र माघे संक्रान्तिमा सरकारले विदा दिनु पर्ने परिषदका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
सुखी नेपाली समृद्ध नेपालको नारालाई साथ तमुहरुले दिने तर तमुहरुको मागको वेवास्ता भए यो नाराले कदापी सफल नहुने अध्यक्ष गुरुङको आरोप रहेको छ । परिषदका प्रदेश नम्वर १ का उपाध्यक्ष आनन्द गुरुङले गुरुङ समुदायको अधिकार हनन गरेर सरकार अघि बढे आन्दोलनमा जाने बताए । गुरुङ परिषद भुटानका राजमान गुरुङले लोकतान्तिक गणतन्त्र भएको नेपालमा सबै जातीको धार्मिक अधिकारलाई सम्मान गर्नु पर्ने बताए ।
गुरुङ महिला परिषद प्रदेश नम्वर १ का अध्यक्ष सुजला गुरुङले सरकारले दिदै आएको बिदा कटौतीलाई फिर्ता लिइ ल्होसार पर्वलाई सबैको पर्व मनाउन सरकारले सहयोग गर्नु पर्ने धारण राख्नु भयो । पत्रकारको जिज्ञासामा स्थानिय तह देखि केन्द्र सम्म दवाव कार्यक्रम गरी रहेको अध्यक्ष धनबहादुरले बताउनु भयो । पुस , १३ गते तमुहरुको पहिचान झल्कने छेलो लागयतका खेलकुद प्रतियोगिता र १५ गते तमु ल्होसारको दिन झाँकी प्रर्दशन लगायतका कार्यक्रम गर्ने परिषदले जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
Comments