‘फेसबुकबाट प्रेम नगर्नुस्’
Published:
by .
मुम्बई । फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने ।
सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे । सन् २०१२ मा अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँदै पाकिस्तानमा पुगे ।
उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरे । पाकिस्तानी अधिकारीले उनले देशविरुद्ध जासुसी गरेको नक्कली कागजान बताएको अभियोगमा ६ बर्षको जेल सजाय दिएको थियो । उनका आफन्तहरुले उनी मायामा अन्धो भएर पाकिस्तान प्रवेश गरेको बताए ।
कान्तिपुर दैनिकबाट ।
Comments