बौद्ध स्तुपामा प्वालैप्वाल पार्ने चिनियाँ ताइवानी
Published:
by .
काठमाडौं । बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए ।
स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए । प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो । प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल ।
स्तुपमा आगलागी भयो भने के गर्ने ? लामाले सुनाए । ड्रिल गर्ने मेसिनले पारिएका छन्, प्वाल । प्वाल खोप्न चिनियाँ ताइवानीलगायतका भिक्षु, सहभागी थिए । विदेशी आएर हाम्रो सम्पदा खोप्ने ? लामाले सुनाए । स्तुप हेरेर केहीेबेर लामासँग कुराकानी गरे अभियान्ताले ।
कान्तिपुर दैनिकबाट ।
Comments