Sajhamanch Archive

तुलसीपुर बस दुर्घटना: २२ जनाको मृत्यु, पाँचको सनाखत

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दाङ । राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटना मृत्यु हुने २२ जनामध्ये पाँच जनाको सनाखत भएको छ।

मृत्यु हुनेमध्ये बस चालक घोराही–३ का मदन केसी, शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वी रुकुमको भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दंगीशरण गाउँपालिका–१ का सञ्जित रत्गैया, घोराही–१४ का २७ वर्षीय विजय जिएमको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

सल्यान कपुरकोटको बनस्पति उद्यान केन्द्र अवलोकनपछि फर्किएको दाङ घोराहीको कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा शिक्षालयका ३२ जना विद्यार्थी, दुई जना शिक्षक र तीन जना बसका कर्मचारीसहित ३७ जना यात्रु रहेका थिए। दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेहरुमा पाँच महिला र १० पुरुष रहेका छन्।उनीहरुलाई नेपालगंज रिफर गरिएको प्रहरीले बताएको छ। शुक्रबार बेलुका करिब ५ बजेतिर बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको थियो।

घटनापछि उद्धारका लागि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका, शसस्त्र प्रहरी, नेपाली सेना, तुलसीपुर उद्योग बाणिज्य संघ लगायतको टोली खटिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *