हनुमान टोल विकास संस्थामा बुढाथोकी
Published: (Updated: )
by .भद्रपुर । भद्रपुर १० स्थित हनुमान टोल विकास संस्थाको प्रथम साधारण सभाले खड्गबहादुर बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ । दुई वर्षे कार्यकालका लागि पुनः बुढाथोकीको नेतृत्वमा सर्वसश्म्मत नेतृत्व चयन भएको हो ।
समितिको उपाध्यक्षमा हेमराज खतिवडा, सचिव कमलप्रसाद अधिकारी, कोषध्यक्ष देवीमाया अधिकारीलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरूमा क्रमशः रेखा अधिकारी, मनमाया भट्टराई, गीता कोइराला, शम्भु पोखरेल, पृथ्वीबहादुर मगर, कृष्ण खतिवडा, मनकुमारी इजम रहेका छन् ।
खड्गबहादुर बुढाथोकीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर १० का अध्यक्ष टेकबहादुर खड्का काजी, वडा सचिव मनकुमार डाँगी, चन्द्रगढी सामुदायिक वनकी सचिव सकुन्तला पोखरेल, संस्थाका सल्लाहकार देवीचरण भण्डारी, कुवेर बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष हेमराज खतिवडाले स्वागत गरेको कार्यक्रम सचिव कमलप्रसाद अधिकारीले सञ्चालन गरेका थिए ।
Comments