Sajhamanch Archive

एन प्याप्सन झापाको खेलकुद तथा साँस्कृतिक कार्यक्रममा इस्टहोराईजन बोर्डिङ्ग प्रथम

Published: in खेलकुद by .

कमल । राष्ट्रिय निजि तथा आवाशिय विद्यालय एशोसिएसन नेपाल (एन प्याप्सन) झापाको ९ औं वार्षिक खेलकुद तथा साँस्कृतिक कार्यक्रम अन्तरगत माध्यमिक तहको प्रथम पुरस्कार इस्टहोराईजन वोडिङ्ग स्कुल धुलावारीले हात पारेको छ ।

त्यसैगरी प्रतियोगिताको दोस्रो पुरस्कार स्मारिका वोडिङ्ग स्कुल कमल गाउँपालिका र अरुणादय वोडिङ्ग स्कुल काँकडभिट्टाले जितेको छ । त्यस्तै तेस्रो पुरस्कार पशुपति इङ्गलिस वोडिङ्ग स्कुलले जितेको आयोजकले जानकारी दिए ।

त्यसैगरी निम्न माध्यमिकतर्फ शिखर ज्योती वोर्डिङ्ग स्कुल प्रथम र मनिङ्ग ग्लोरी सुरुङ्गा दास्रो भएको एन प्याप्सन प्रदेश नम्बर १ का सहसचिव अग्नि प्रसाद कोईरालाले जानकारी दिए । विजेता विद्यार्थी र विद्यालयलाई शिल्ड प्रमाण पत्र प्रदान गरिएको छ ।  मसिर २९ गतेबाट सुरुभएको कार्यक्रम शनिबार साँस्कृतिक कार्यक्रम गर्दै सम्पन्न भएको हो ।

राष्ट्रिय निजि तथा आवाशिय विद्यालय एशोसिएसन नेपाल (एन प्याप्सन) झापाका अध्यक्ष संजिव राईको अध्यक्षतामा भएको कार्यक्रमा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले यस्ता खालका कार्यक्रमले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहयोग पुग्नुका साथै दक्ष जनशक्ति उत्पादन गर्नमा सहयोग पुग्ने बताईन् ।

जिल्लामा एन प्याप्सनमा आवद्ध ६५ वटा विद्यालय आवद्ध रहेको भएतापनि आज सम्पन्न कार्यक्रममा १३ वटा माध्यमिक र २ वटा निम्न माध्यमिक विद्यालय मात्र सहभागी रहेका थिए । त्यसैगरी प्याप्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकाल, एन प्याप्सन प्रदेश नम्बर १ का सहसचिव अग्नि प्रसाद कोईराला, एन प्याप्सन झापाका उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई लगायतले कार्यक्रम सफलताको शुभकामना मनतव्य राखेका थिए । एन प्याप्सन झापा सचिव शिवराज भट्टराईले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष हरि खड्काले स्वागत मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *