शिवसताक्षीको दूधेमा चासोक तङनाम भव्यताका साथ मनाइयो
Published:
by .दूधे । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम भव्यतका साथ मनाइएको छ । शिवसताक्षीको दूधे खेल मैदानमा स्थानीय नालिफुङ्वा चुम्भोको आयोजना चासोक तङनाम मनाइएको हो ।
प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई विषेश गरी प्रकृति पूजक मानिने किराँत समुदायले मनाउने गर्दछन् । चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ मा घरमा नयाँ अन्न बाली भित्र्याइसकेपछि प्रकृतिलाई चढाएर भोगचलन गरे विभिन्न किसिमका शारीरिक समस्याहरू नआउने मान्यता किराँत समुदायमा रहको नालिफुङ्वा चुम्भोका अध्यक्ष विरबल जवेगुले बताए ।
आदिमकालमा किराँतीहरूले उत्पादन गरेको विभिन्न अन्नवालीलाई नचढाई खाँदा विभिन्न किसिमका रोगहरू लागेको र पछि चढाएर खाएपछि मात्र सबैको रोग निको भएको ऐतिहासिक तथा सांस्कृतिक मान्यता रहेकाले वर्षेनी अन्नवालीलाई चढाई प्रसादको रुपमा खाएर चासोक तङ्नाम मनाउँदै आएको चुम्भोका सचिव भिम लिवाङले जनाकारी दिए ।
कार्यक्रममा लिम्बु जातीका पहिरन लगाई विभिन्न सांस्कृतिका कार्यक्रम समेत गरिएको थियो । केलाङ, हाक्पारे, लगायतका नृत्य प्रतियोगिता, धनुष काँड हान्ने, छोलो हान्ने प्रतियोगिता समेत गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै कार्यक्रममा भारतको सिक्किम निवासी विवि लिम्बुले लिम्बु जातीको विनायो, मुर्चुङगा लगायतका मौलिक बाजाहरु बजाएका थिए । उनले मुखबाट चरा चुरुङगीहरु र विभिन्न जनावाहरुको आवाज निकालेर कार्यक्रममा रौनकता थपे । त्यस्तै एउटा बाँसको टुक्राबाट किराँत, लिम्बु तामाङ र लोकबाजाहरु बजाएर सबैलाई चकित बनाएको थिए । लिम्बुलाई चुम्भोका अध्यक्ष विरबल जवेगुले नगद पाँच हजारसहित सम्मान गरेको थिए ।
कार्यक्रममा राष्ट्रिय गायक ताराप्रकास लिम्बु, मनु नेम्वाङ राज लाबुङ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
झापा, मोरङ, सुनसरी, इलाम लगायतका स्थानहरुकबाट कार्यक्रममा सयौका संख्यामा उपस्थित भएका थिए ।
Comments