उर्लाबारीमा आगलागी, जलेर एकको मृत्यु
Published: (Updated: )
by .
उर्लाबारी । मोरङको उर्लाबारी – ७ स्कूलडाँडा स्थित एक घरमा अहिले साँझ आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
उर्लाबारी – ७ को स्कुलडाँडा स्थित रामबहादुर थापाको घरमा साँझ करिब ६ बजे आगलागी हुँदा थापाकी बुहारी ४५ वर्षीय रीना थापाको जलेर मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । आगो पूर्ण रुपमा आगो नियण्त्रणमा आएको छ । खाना पकाउने सिलिण्डर ग्याँस पड्किएर आगलागी भएको बताइएको छ ।
आगलागीको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि स्थानीय मंगलवारे अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।
Comments